ओलीविरुद्धको मोर्चा : योगेश र गोकर्ण फेरि माधवतिरै-Sutra News

ओलीविरुद्धको मोर्चा : योगेश र गोकर्ण फेरि माधवतिरै

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीको कारवाहीमा परेका १५ स्थायी कमिटी सदस्यहरूले संयुक्त वक्तव्य निकालेर ओलीको उक्त कदमप्रति भर्त्सना गरेका छन् ।



वक्तव्यमा यसअघि ओलीतिरै लागेका ठानिएका नेताद्वय योगेश भट्टराई र गोकर्ण बिष्टसमेतको हस्ताक्षर रहेको छ ।

पार्टी एकता जीवन्त राख्न भन्दै दुवैतिर वार्तामा बस्ने गरेका ती नेताहरूले अन्तिम घडीमा नेता माधवकुमार नेपाललाई नै साथ दिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा पेश गरिएको रिटमा भने दुवैको नाम छैन ।

‘पार्टी महाधिवेशनको निर्णय र पार्टी विधान अनुरुप पार्टी सञ्चालन हुुनुपर्ने आवाज उठाउने पार्टीका नेता र कार्यकर्ता र सांसदहरु विरुद्ध अत्यन्त निरंकुश र हैकमवादी शैलीले पटक–पटक कथित कार्वाईको डण्डा चलाइएको छ,’ वक्तव्यमा भनिएको छ, ‘ यसै क्रममा हालै पार्टी निर्माणको आरम्भदेखि नै नेतृत्व दिनुभएका वरिष्ठ नेताहरु लगायत पार्टीको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका महाधिवेशनबाट निर्वाचित पदाधिकारी समेतका नेताहरु एवम् सांसद गरी ११ जनालाई पार्टी सदस्यबाट निष्काशन गरिएको र १२ जनालाई स्पष्टीकरण सोधिएको निरकुंश तानाशाही निर्णय सार्वजनिक गरिएको छ । यस्तो स्वेच्छाचारी निर्णयको हामी घोर भत्र्सना गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट