काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफूहरू कसैको दास नभएको बताएका छन् ।
अध्यक्ष महन्थ ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने चर्चा चलिरहँदा जसपा पनि विभाजनको संघारमा छ ।
यतिखेर जसपामा एक पक्षले अर्को पक्षलाई ‘सिध्याउने’ गरी पत्रयुद्ध चलिरहेको मात्रै छैन अलग–अलग बैठक समेत बस्न थालेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले पार्टी एकतालाई बचाउनु पर्ने आशय व्यक्त गरेका छन् ।
बुधबार साँझ डा.भट्टराईले ट्वीटरमा भनेका छन्, ‘स्मरणार्थः१.यो संविधान आधा भरी आधा खाली गिलास भन्दै पूरै भर्न हिॅडेका हामी पूरै खाली गर्ने शक्तिका मतियार बन्न सक्दैनौं ! २.जसपा हिमाल/पहाड/मधेस जोड्ने वैकल्पिक शक्ति हो कुनै एक क्षेत्र/जातिमा सीमित पुरानैको डुप्लिकेट हैन ! ३.हामी सबैका मित्र हौं कसैका दास हैनौं !’
जसपाका नेता साथीहरूको स्मरणार्थ:१.यो संविधान आधा भरी आधा खाली गिलास भन्दै पूरै भर्न हिॅडेका हामी पूरै खाली गर्ने शक्तिका मतियार बन्नसक्दैनौं;२.जसपा हिमाल/पहाड/मधेस जोड्ने वैकल्पिक शक्ति हो कुनै एक क्षेत्र/जातिमा सीमित पुरानैको डुप्लिकेट हैन;३.हामी सबैका मित्र हौं कसैका दास हैनौं!
— Baburam Bhattarai (@brb1954) May 26, 2021