प्रजातान्त्रिक अधिकारको रक्षाको लागि चनाखो हुनुपर्ने अवस्था आयो – डिला संग्रौला-Sutra News

प्रजातान्त्रिक अधिकारको रक्षाको लागि चनाखो हुनुपर्ने अवस्था आयो – डिला संग्रौला

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

काठमाडौँ । नेपाली कांग्रेसकी निवर्तमान सांसद डा. डिला संग्रौलाले प्रजातान्त्रिक अधिकारको रक्षाको लागि सतत: चनाखो हुनुपर्ने अवस्था आएको बताएकी छन् ।



बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले प्रजातान्त्रिक अधिकारको रक्षाको लागि सतत: चनाखो हुनुपर्ने अवस्था आएको बताएकी हुन् ।

उनले संसदको बिश्वास गुमाएको ओली सरकार संसदीय प्रजातान्त्रिक परिपाटीमा १मिनेट पनि सत्तामा बस्न नमिल्ने उल्लेख गरेकी छन् ।

‘संसदको बिश्वास गुमाएको ओली सरकार संसदीय प्रजातान्त्रिक परिपाटीमा १मिनेट पनि सत्तामा बस्ने अधिकार रहन्न,’ उनले लेखेकी छन्, ‘ आफ्नो स्वार्थका लागि अनेकौं जालझेल र प्रपन्च जड्दै जनतालाई धम्क्याएर ,तर्साएर प्रजातान्त्रिक हक अधिकारका कुरालाई भाजकुज गरेर सत्ता लम्ब्याउने खेलमा लाग्नु भस्मासुरे प्रबृत्तिको परिचायक हो।’

हेर्नुहोस उनको फेसबुक स्टाटस:

संसदको बिश्वास गुमाएको ओलि सरकार संसदीय प्रजातान्त्रिक परिपाटीमा १मिनेट पनि सत्तामा बस्ने अधिकार रहन्न।आफ्नो स्वार्थका लागि अनेकौं जालझेल र प्रपन्च जड्दै जनतालाई धम्क्याएर ,तर्साएर प्रजातान्त्रिक हक अधिकारका कुरालाई भाजकुज गरेर सत्ता लम्ब्याउने खेलमा लाग्नु भस्मासुरे प्रबृत्तिको परिचायक हो।जस्ले आफू लगायत सबैको नाश गर्दछ।प्रधानमन्त्री ओलि र रास्ट्रपति भन्डारी त्यही बाटोमा लागेका छन् ।जनता ,राजनीतिक दलहरू ,बुद्धिजीवीहरु संविधान र प्रजातान्त्रिक अधिकारको रक्षाको लागि सतत: चनाखो हुनुपर्ने अवस्था आएको छ।यस्तो विकट अबस्थामा सबैको आशाको केन्द्र संविधानको अन्तिम ब्याख्याता सम्मानित सर्बोच्च अदालतले संविधानमा प्रत्याभूत भएका अधिकारहरु नेपाली जनताले अक्षुण रुपले उपभोग गर्न पाउने गरि गर्ने छ भन्ने आशा लिएर सर्बोच्च तिर सबैका नजर लागेका छन् ।महामारीबाट जनतामा आएको महासन्कट र सम्बिधान र लोकतान्त्रिक मूल्य मान्यता धरापमा परेको अबस्थालाई हामी सबै नेपाली जनता एक जुट भै असम्बैधानिक सरकारलाई नांगेझार पारौं ,महामारीबाट बचौ र अरुलाई पनि बचाऔ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट