काठमाडौं- चितवनको एक फार्मेसीमा लागू औषध भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले दिएको जानकारी अनुसार भरतपुर ११ मालपोतचोक नजिकै रजत श्रेष्ठले संचालन गरेको मुक्तिनाथ डिजिटल फार्मेसीबाट प्रतिबन्धित लागु औषध बरामत भएको हो ।
प्रहरीले फार्मेसीका संचालक रजत श्रेष्ठलाई पक्राउ गरेको छ । फार्मेशीमा केयरज्याक १७ एम्पुल, नुरफिन १७ एम्पुल, फेनारागन १७ एम्पुल, नाइट्राभेट१० ३८ ट्याव्लेट बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका श्रेष्ठलाई चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भई रहेको प्रवक्ता डिएसपी थापाले जानकारी दिए ।