कित्ता फेरिरहने गोकर्ण विष्टले भने- पार्टी एकढिक्का हुन २ जेठमा फर्किनुको विकल्प छैन-Sutra News

कित्ता फेरिरहने गोकर्ण विष्टले भने- पार्टी एकढिक्का हुन २ जेठमा फर्किनुको विकल्प छैन

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

काठमाडौं- नेकपा एमालेका नेता गोकर्ण विष्टले जेठ २ को अवस्थामा फर्किएर पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताएका छन् ।



कहिले वरिष्ठ नेता माधव नेपाल र कहिले अध्यक्ष केपी शर्मा ओलीको कित्तामा उभिएर अभिव्यक्ति दिने गरेका विष्टले बिहीबार विहान सामाजिक सञ्जालमार्फत् सो भनाइ व्यक्त गरेका हुन् ।

नेता विष्टले नेपाल पक्षले अडान राख्दै आएको जेठ २ को अवस्थामै फर्किनुपर्ने बताएका छन् ।

‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ,’ नेता विष्टले भने, ‘राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाकालागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।’

पार्टीको विवाद समाधानका लागि कार्यदल बनाइए पनि विकसित राजनीतिक घटनाक्रमपछि बैठक बस्न सकेको छैन । अध्यक्ष ओलीले नेता नेपाल, झलनाथ खनालसहित दर्जन बढी नेताहरूलाई कारबाही गरेपछि एमाले विभाजनको संघारमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट