प्रतिनिधि सभा विघटनविरुद्ध परेका १९ रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा हुने भएको छ ।
सरकार र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर पेश गरिएका रिटमाथि आज सुनुवाइ हुँदैछ ।
सरकारको सिफारिसमा गत शुक्रवार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको दोस्रोपटक विघटन गरेकी थिइन् ।
आज सुनुवाइ हुने रिटमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभा पुनःस्थापना गर्न परमादेशको माग गरिएको छ ।