विशेषाधिकारमार्फत संसद ब्युँताउने प्रयासमा सभामुख सापकोटा, आज कानूनविदहरूसँग परामर्श गर्दै-Sutra News

विशेषाधिकारमार्फत संसद ब्युँताउने प्रयासमा सभामुख सापकोटा, आज कानूनविदहरूसँग परामर्श गर्दै

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको विघटनका सम्बन्धमा कानूनविदहरूसँग परामर्श गर्ने भएका छन् ।



बिहीवार अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा संविधानविद्, कानूनी एवं न्यायिक क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग छलफल गर्ने भएको उनको सचिवालयले जनाएको छ ।

एक साता अघि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको दोस्रो विघटन गरिदिएकी थिइन् । त्यसयता सभामुख सापकोटा निरन्तर छलफल र परामर्शमा छन् ।

केही दिनअघि उनले पूर्व सभामुखहरूसँग छलफल गरेका थिए । पूर्व सभामुखहरूले सभामुखले विशेषाधिकार प्रयोग गरेर संसद ब्युँताउन सक्नेसमेत बताएका थिए । उनीहरूको सुझावलाई सभामुख सापकोटाले सकारात्मक रूपमा लिएका थिए ।

यता प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमा आजै सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १९ रिटहरूको सुनुवाइ हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट