भारतमा फेरि बढे कोरोना संक्रमित-Sutra News

भारतमा फेरि बढे कोरोना संक्रमित

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

पछिल्लो दुई दिनमा भारतमा नयाँ संक्रमितको संख्या पुनः बृद्धि देखिएको छ । कोरोनाको उच्च जोखिममा रहेको भारतमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजार २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप २ लाख ११ हजार २७५ जनामा संक्रमण देखिएसंगै भारतमा कुल संक्रमितको संख्या २.७३ करोड पुगेको छ ।



त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८२ हजार ९२४ जनाले कोरोना जितेका छन्। भारतमा हालसम्म २.४६ करोड मानिसहरुले कोरोना जितिसकेका छन् ।

त्यस्तै यही अवधिमा ३ हजार ८४१ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ३.११ लाखले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट