काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्दा निर्दलीय अभ्यास नभएको बताएका छन् ।
नेपाल प्रेस युनियनका ३१ औं स्थापना दिवसमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्नु कुनै निर्दलीय अभ्यास नभएको बताएका हुन् ।
आफुले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्दा निर्दलीय भयो भन्नेहरुलाई उनले नेपालको संविधान पढ्नसमेत आग्रह गरे ।
‘केहीले निर्दलीय अभ्यास भएको भन्नुभयो,’ कार्यक्रममा बोल्दै उनले भने,’उहाँहरुलाई नेपालको संविधान पढ्न भन्न चाहन्छु । संविधानको धारा ७६ को ५ मा कुनै पार्टी भनेको छैन । प्रतिनिधिसभा सदस्य भनेको छ ।’
उनले संसद विघटन असंवैधानिक भएको र अदालतले त्यसलाई बदर गर्ने विश्वास भएको बताएका छन ।
वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेको र आफूलाई बहुमत सांसदको समर्थन हुँदा पनि प्रधानमन्त्री नियुक्त नगरेकोमा देउवा सर्वोच्चमा गएका थिए।