बुटवल । कोरोना संक्रमणका कारण बुटवलमा एक हप्तामा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १० कालिका नगरमा आमा-बुवा र छोराको सात दिनको फरकमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा दम्पतीसहित उनका ३९ वर्षीय छोरा रहेका छन् ।
कोरोना संक्रमण भएपछी उपचारको क्रममा उनीहरुको ज्यान गएको हो ।