आर्थिक सर्वेक्षण भोलि २ बजे, बजेट शनिबार चार बजे हुने-Sutra News

आर्थिक सर्वेक्षण भोलि २ बजे, बजेट शनिबार चार बजे हुने

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

काठमाडौँ । सरकार आर्थिक वर्ष ०७८/०७९ को बजेट ल्याउने तयारीमा जुटेको छ । बजेट सर्वेक्षण शुक्रबार (भोली) २ बजे सार्वजनिक हुने भएको छ ।



बजेट सर्वेक्षण भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी भएको छ । १५ दिन अगाडी नै आउनुपर्ने  नीति तथा कार्यक्रम यो पटक आउन सकेन ।

यता विज्ञहरुले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताउँदै आएका छन् ।

सरकारले बजेट ल्याउने तयारी गरिरहेका बेला पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले संयुक्त आग्रह जारी गर्दै मतदातालई प्रभाव पार्ने योजना र कार्यक्रम नल्याउन आग्रह गरेका छन्।

प्रतिनिधिसभा विघटन गरिएकाले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत आउँदैछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीको कार्यालयबाट बजेट भाषण गर्ने तयारी गरेका छन् ।

 पछिल्लो करिब ३० वर्षीय संसदीय इतिहासमा ९ पटकभन्दा बढी बजेट अध्यादेशमार्फत प्रस्तुत गरिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट