विशेषाधिकारबारे परामर्श लिन सभामुख सापकोटाले बोलाए संविधान विद्लाई-Sutra News

विशेषाधिकारबारे परामर्श लिन सभामुख सापकोटाले बोलाए संविधान विद्लाई

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनका विषयमा छलफल गर्नका लागी आज संविधान विद्हरुलाई छलफलका लागि बोलाएका छन् । सभामुख सापकोटाले बोलाएको छलफल संसद भवनको ल्होत्से हलमा सुरु भएको छ ।



मंगलवार सभामुख सापकोटाले पूर्वसभामुखहरुसँग संसद विघटनबारे छलफल गरेका थिए । पूर्वसभामुखहरुले उनलाई विशेषाधिकार प्रयोग गर्न सक्ने वातावरण भएको भन्दै तयार रहन सुझाब दिएका  थिए ।

छलफलका लागि आज नेपाल बार एशोसिएसनका पूर्वअध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरु र संविधान विद्हरुलाई बोलाइएको छ ।

यतिबेला अधिवक्ताहरुले आफ्नो राय दिने क्रम जारी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट