२१८ किलो गाँजासहित ट्यांकर चालक र सहचालक पक्राउ-Sutra News

२१८ किलो गाँजासहित ट्यांकर चालक र सहचालक पक्राउ

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

काठमाडौं । बाराबाट २१८ किलो गाँजासहित ट्यांकर चालक र सहचालक पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा महोत्तरीको बर्दिवास नगरपालिका–८ बस्ने ३३ वर्षीय घनश्याम गिरी र सहचालक चितवनको खैरहनी नगरपालिका–२ बस्ने राजकुमार दवाडी रहेका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका–१, पथलैया चोकस्थित रामरहिम ग्यारेजमा ना४ख २९७९ नम्बरको ट्यांकरमा लुकाइराखेको २१८ किलोग्राम अवैध लागुऔषध गाँजासहित उनीहरु पक्राउ परेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट