सुदूरपश्चिम प्रदेशका तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने तयारी, चित्तबुझ्दो जवाफ नआए पार्टीबाटै निष्काशन गरिने-Sutra News

सुदूरपश्चिम प्रदेशका तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने तयारी, चित्तबुझ्दो जवाफ नआए पार्टीबाटै निष्काशन गरिने

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

काठमाडौँ ।नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । 



सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा एमालेका प्रकाश बहादुर शाह आन्तरिक मामिला तथा कानुन, कृष्णराज सुवेदी सामाजिक विकास र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । 
 उनीहरु माधव नेपाल पक्षका मन्त्रीहरु हुन् ।

उनीहरुबाट चित्तबुझ्दो जवाफ आएन भने साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने एमालेको तयारी छ ।

एमाले स्थायी कमिटीको सोमबारको बैठकले माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीलाई निर्देशन दिएको थियो । तर उनीहरुले त्यो निर्णयलाई नमान्ने अडान राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट