अभिनेत्री मनीषा कोइरालाद्वारा नारायणी अस्पताललाई ४ थान भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग-Sutra News

अभिनेत्री मनीषा कोइरालाद्वारा नारायणी अस्पताललाई ४ थान भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

काठमाडौँ । अहिले नेपालमा स्वास्थ्य सामग्रीहरुका अभावका कारणले कतिपय बिरामीहरुको उपचार हुन् सकेको छैन । यहि अवस्थालाई मध्यनजर गर्दै मनिषा कोइरालाले  ४ थान भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्रीहरु अस्पताललाई हस्तान्तरण गरेकी छन् ।



कोरोना महामारीको दोस्रो लहरमा वीरगंज तथा मध्यतराईका जिल्लाहरु बढी प्रभावित भएको र नारायणी अस्पतालमा भेन्टिलेटरको अभाव रहेको जानकारी पाएपछि अभिनेत्री कोइरालाले सहयोग पठाएकी हुन्।

उनका तर्फबाट नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी तथा पत्रकार चन्द्र किशोरको टोलीले अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ र निमित्त मेसु डा उदयनारायण सिंहलाई हस्तान्तरण गरेका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट