यौनसम्पर्क गर्न नदिएको भन्दै पतिले गरे पत्नीको हत्या, तीन सन्तानलाई नहरमा फ्याँके-Sutra News

यौनसम्पर्क गर्न नदिएको भन्दै पतिले गरे पत्नीको हत्या, तीन सन्तानलाई नहरमा फ्याँके

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

भारतको उत्तरप्रदेशको मुजफ्फरनगरमा एक व्यक्तिले आफ्नी पत्नीलाई गोली हानी हत्या गरेका छन् भने आफ्ना तीन सन्तानलाई नहरमा फ्याँकिदिएका छन् ।



जब प्रहरीले घटनाको अनुसन्धान गर्यो, तब यौनसम्पर्क गर्न अस्वीकार गरेको भन्दै ती व्यक्तिले पत्नीको हत्या गरेको खुल्न आएको छ ।

गत सोमवार ती व्यक्तिले गोली हानी आफ्नी पत्नीको हत्या गरेका थिए ।

पत्नीको हत्यापछि उनले आफ्ना तीन सन्तानलाई नहरमा फ्याँकेको बयान दिएका छन् । यद्यपि अहिलेसम्म ती बच्चाबच्चीको शव भने बरामद भएको छैन ।

घटनालगत्तै छिमेकीले दिएको जानकारीका आधारमा प्रहरी परिचालन भएको थियो । प्रहरीले ती व्यक्तिलाई गिरफ्तार गर्यो । बयानका क्रममा ती व्यक्तिले विगत १५ दिनदेखि यौनसम्पर्क गर्न नदिएकाले हत्या गरेको बताएका छन् ।

एजेन्सी 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट