काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्नु निर्दलीय अभ्यास भएको बताएका छन् ।
सोहि प्रसंगमा उनले एमालेको घरमा काङ्ग्रेसले डकैती गर्न खोजेको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता बाँस्कोटाले भनेका छन्, ‘७६को ५ले स्पष्ट रुपमा दुई वा दुईभन्दा बढी दलकै समर्थन खोजेको छ सांसदहरुको स्वतन्त्र समर्थनलाई अस्विकार गरेको छ।२ र ५ जोडेर हेरौ न ।’
हेर्नुहोस उनको ट्वीट:
एमालेको घरमा काङ्ग्रेसले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुन भन्ने? काङ्ग्रेसले निर्दलीयताकको पक्षपोषण गरेकोले लोकतन्त्रको गीत गाउने हक गुमायो।७६को ५ले स्पष्ट रुपमा दुई वा दुईभन्दा बढी दलकै समर्थन खोजेको छ सांसदहरुको स्वतन्त्र समर्थनलाई अस्विकार गरेको छ।२ र ५ जोडेर हेरौ न ।