संविधानसभाको संविधानलाई कसैले पनि मार्न सक्दैन – शम्भु थापा-Sutra News

संविधानसभाको संविधानलाई कसैले पनि मार्न सक्दैन – शम्भु थापा

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद  विघटनप्रति वरिष्ठ अधिवक्ता शम्भु थापाले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।



उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले किचेनमा बसेर हरहिसाब गरेर निर्लज्ज खेल खेलेको आरोप लगाएका छन् ।

आज सभामुख अग्नि सापकोटाले कानुनविदहरुसँग गरेको छलफलमा उनले यस्तो बताएका हुन् ।

“यो संविधान संविधानसभाले बनाएको हो,अर्को संविधान बन्ने प्रक्रिया छैन,’ उनले भनेका छन्, ‘संविधानसभाको संविधान कहिले पनि मर्दैन । यसलाई मार्न कसैले पनि सक्दैन।’

त्यस्तै अर्का संविधानविद तथा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले तत्कालै सभामुख अग्नि सापकोटाले संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्न सक्ने बताएका छन् । संविधानको धारा ९३, १०३, सर्वोच्चको फैसलाबमोजिम पनि संसद् कहिले मर्दैन भन्ने आधारमा सभामुखले नै संसद् बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने सुझाव दिएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनका विषयमा छलफल गर्नका लागी आज संविधान विद्हरुलाई छलफलका लागि बोलाएका थिए । सभामुख सापकोटाले बोलाएको छलफल संसद भवनको ल्होत्से हलमा सुरु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट