वीरगञ्जमा भएको घटनाबारे तथ्य पत्ता लगाउन प्रहरीले गर्यो छानविन समिति गठन-Sutra News

वीरगञ्जमा भएको घटनाबारे तथ्य पत्ता लगाउन प्रहरीले गर्यो छानविन समिति गठन

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

वीरगञ्ज महानगरपालिकाको घण्टाघरस्थित चोकमा प्रहरीबाट भएको गैह्र व्यावसायिक व्यवहारको छानविनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।



समितिले महानगरपालिकाको वडा नं. ८ स्थित घण्टाघर चोकमा पसल सञ्चालकसँग प्रहरीद्वारा गरिएको गैह्र व्यावसायिक व्यवहारको छानविन र आवश्यक कारवाही गर्ने जनाइएको छ ।

प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा समितिले अनुसन्धान कार्य शुरू गरी सकेको  र अनुसन्धानका क्रममा कोही प्रहरी दोषी देखिएमा प्रहरी नियमावली बमोजिम कारवाही गरिने जनाइएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट