आठ महिनाको अन्तरमा कोरोनाले २ पटक समात्यो-Sutra News

आठ महिनाको अन्तरमा कोरोनाले २ पटक समात्यो

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

काठमाडौँ । गायक प्रमोद खरेलले आफुलाई ८ महिनामा दुई पटक कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।



सामाजिक संजालमा लेख्दै उनले आफुलाई २ पटकसम्म कोरोना देखिएको बताएका हुन् ।

‘आठ महिना को अन्तरमा २ चोटि आक्रमण गर्यौ कोरोनाले,’ उनले लेखेका छन्, ‘पहिलो डोज भ्याक्सिन पनि लाएकै थियो । तर पनि आएरै छोड्यो । र आइसोलेसन बाट आज मुक्त भइयो ।’

उनले खोप लगाए पनि सचेत हुनको लागी आग्रह गरेका छन् ।

हेर्नुहोस उनको फेसबुक स्टाटस :

आठ महिना को अन्तरमा २ चोटि आक्रमण गर्यौ #कोरोना ले । पहिलो डोज भ्याक्सिन पनि लाएकै थियो । तर पनि आएरै छोड्यो । र आइसोलेसन बाट आज मुक्त भइयो ।

यस बीचमा उपचार मा सहयोग गर्नु हुने Dr Saurav Shrestha तथा हौसला र सुझाव को निम्ति मित्र Manish , kiran Kc तथा बैनी Manju लाइ धेरै धन्यवाद

आग्रह – पहिला लागेको र खोप लाए पनि सचेत रहौं, सुरक्षित रहौं

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट