कोरोना अपडेट : ६ हजार ९३९ जना थपिए, ७ हजार २२६ ले जिते-Sutra News

कोरोना अपडेट : ६ हजार ९३९ जना थपिए, ७ हजार २२६ ले जिते

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार  पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।



आज २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै यही अवधिमा थप ७ हजार २२६ जना निको भएका छन्

पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप १०६ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ६९५१ जनाले ज्यान गुमाइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट