सरकारले कोरोनालाई सत्ता सुरक्षाको कवच बनायो : देउवा [ विज्ञप्तिसहित ]-Sutra News

सरकारले कोरोनालाई सत्ता सुरक्षाको कवच बनायो : देउवा [ विज्ञप्तिसहित ]

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कोरोनालाई सत्ता सुरक्षाको कवच र जनअधिकार कुण्ठित पार्ने हतियारको रुपमा प्रयोग गरेको आरोप लगाएका  छन्  ।



आज एक विज्ञप्ति सार्वजनिक गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन रहेको बताएका हुन्  ।  ‘वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन छ,’ देउवाले भनेका छन्, ‘संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णय सरकारले लिँदैछ।’

कोरोना महामारीलाई व्यवस्थापन गर्नको लागी देउवाले केहि समयअगाडी बुझाएको १५ बुंदे पत्रको आज विज्ञप्तिमार्फत पुन: ध्यानाकर्षण गराएका छन् ।

हेर्नुहोस विज्ञप्ति:

congress 1.jpgcongress 1.jpg

congress 2.jpg

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट