के छ सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेले सोधेको २४ घण्टे स्पष्टीकरण पत्रमा ? [ पत्रसहित ]-Sutra News

के छ सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेले सोधेको २४ घण्टे स्पष्टीकरण पत्रमा ? [ पत्रसहित ]

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

काठमाडौँ। पार्टीको नियम उल्लङ्घन गरेको भन्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई तीन बुँदे स्पष्टीकरण साधेको छ । 



सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा एमालेका प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुन, कृष्णराज सुवेदी सामाजिक विकास र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । 

उनीहरुबाट चित्तबुझ्दो जवाफ आएन भने साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने एमालेको तयारी छ ।

एमाले स्थायी कमिटीको सोमबारको बैठकले माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीलाई निर्देशन दिएको थियो । तर उनीहरुले त्यो निर्णयलाई नमान्ने अडान राखेका थिए ।

हेर्नुहोस विज्ञप्ति:

emaale.jpg

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट