काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर नर्समाथि भएको आक्रमणको निन्दा गरेका छन् ।
महामारीका बेला जोखिम मोले काम गर्ने स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु दुःखद् भएको उल्लेख गर्दै देउवाले घटनाको निन्दा गरेका हुन् ।
घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाहीको मागसमेत देउवाले गरेका छन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो । यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा दिनरात खटेका छन् । स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु ।’
कोरोना संक्रमितको मृत्युपछि अस्पतालले उपचारमा लापरवाही गरेको भन्दै मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेको बताइएको छ ।
नेपालगञ्जस्थित #भेरी_अस्पतालका डाक्टर र नर्सहरुमाथि #आक्रमण हुनु निकै निन्दनीय कार्य हो।यो #महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्।#स्वास्थ्यकर्मीमाथि भएकाे याे घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा #कारवाही गर्न माग गर्दछु।
— Sher Bahadur Deuba (@DeubaSherbdr) May 28, 2021