प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेका छन् ।
आफ्नो नेतृत्वमा उनले न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखेका छन् ।
हिजो बिहीवार भएको सुनुवाइमा सबै रिट संवैधानिक इजलासले हेर्ने भनी फैसला भएको थियो ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै रिटहरूमाथि आज (शुक्रवार) नै सुनुवाइ हुने तयारी छ ।