भारतमा ह्वात्तै घटे कोरोनाका बिरामी-Sutra News

भारतमा ह्वात्तै घटे कोरोनाका बिरामी

शुक्रबार, १४ जेष्ठ २०७८

शुक्रबार, १४ जेष्ठ २०७८

काठमाडौं । कोरोना संक्रमणको उच्च जोखिममा रहेको भारतमा नयाँ संक्रमितको संख्या घट्न थालेको छ ।



बितेको २४ घण्टामा भारतमा थप एक लाख ८६ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो तथ्यांक ४४ दिनयताकै सबैभन्दा कम हो। यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ७५ लाख ५५ हजार नाघेको छ ।

त्यस्तै सोही अवधिमा भारतमा कोरोना संक्रमणको कारण ३ हजार ६६० जनाको मृत्यु भएको छ । यो संगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ३ लाख १८ हजार ८९५ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट