फर्निचर गोदाममा आगलागी हुँदा , १० लाख रुपैयाँ बराबरको क्षति-Sutra News

फर्निचर गोदाममा आगलागी हुँदा , १० लाख रुपैयाँ बराबरको क्षति

शुक्रबार, १४ जेष्ठ २०७८

शुक्रबार, १४ जेष्ठ २०७८

काठमाडौँ । ताप्लेजुङको सदरमुकाम फुङलिङ-४ मा रहेको तमु फर्निचर उद्योगमा आगलागी भएको छ ।



 व्यवसायी कुमार गुरुङको फर्निचरको गोदाममा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ  ।

जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार फर्निचर उद्योगमा गएराति २ बजेतिर आगलागी भएको हो ।

फर्निचरमा लागेको आगो फुङलिङ नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगो कसरी लाग्यो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट