चिनियाँ र ब्रिटिस विदेशमन्त्रीबीच फोनवार्ता-Sutra News

चिनियाँ र ब्रिटिस विदेशमन्त्रीबीच फोनवार्ता

शुक्रबार, १४ जेष्ठ २०७८

शुक्रबार, १४ जेष्ठ २०७८

चिनियाँ विदेश मन्त्री वाङ यी र बृटिश विदेश मन्त्री डोमिनिक राबबीच बिहीबार फोनवार्ता भएको छ ।उनीहरुबीच वार्ता भएको कुरा चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।



उनीहरुबीच द्धिपक्षीय हितका विभिन्न विषयवस्तुहरुका साथै अन्य चासोका बारेमा कुराकानी भएको थियो । 

चिनियाँ विदेश मन्त्री यीले गत वर्षमात्र पनि चिनिया राष्ट्रपति सि जिनपिङ र बृटिश प्रधानमन्त्री बोरिस जोन्सनबीच दुई पटकसम्म फोनमा कुराकानी भएको थियो ।

विदेशमन्त्री यीले बिहीबार दुई देशका विदेशमन्त्रीबीच भएको कुराकानी तथा गत वर्ष पनि चिनियाँ राष्ट्रपति र बृटिश प्रधानमन्त्रीका बीचमा भएको कुराकानी बाट यी दुई देश बीच असल सम्बन्ध रही आएको कुरा प्रमाणित हुने कुरा बताएका छन् ।

उनीहरुबीच अहिले कोभिड १९ का कारणले दुवै देशमा पारेको प्रभावका साथै यसका कारण उत्पन्न परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ । 

साथै दुई देशबीचको आन्तरिक व्यापारिक साझेदारीका साथै अन्य आर्थिक विषयमा पनि कुराकानी भएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट