स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कडा कारवाही होस्- स्वास्थ्य मन्त्रालय [ विज्ञप्तिसहित ]-Sutra News

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कडा कारवाही होस्- स्वास्थ्य मन्त्रालय [ विज्ञप्तिसहित ]

शुक्रबार, १४ जेष्ठ २०७८

शुक्रबार, १४ जेष्ठ २०७८

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगञ्जको भेरी अस्पतालमा भएको घटनाप्रति स्वास्थ्य मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  



शुक्रवार एक विज्ञप्ति जारी गर्दै  स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गर्ने समूहलाई कडाभन्दा कडा कारवाहीको मागसमेत गरेको छ ।

बिहीबार राती भेरीका स्वास्थ्यकर्मीमाथि  उपचाररत बिरामीको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमै छिरेर चिकित्सक र नर्समाथि हातपात गरेका थिए। सो क्रममा ज्यान जोगाउन चिकित्सक र नर्सले माथिल्लो तलाबाट हाम फालेर ज्यान जोगाएका थिए।

हेर्नुहोस विज्ञप्ति :

mantralaya.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट