राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य देवकोटाले लिए पद तथा गोपनीयताको सपथ-Sutra News

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य देवकोटाले लिए पद तथा गोपनीयताको सपथ

शुक्रबार, १४ जेष्ठ २०७८

शुक्रबार, १४ जेष्ठ २०७८

काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । 



उनलाई संघीय  संसद सचिवालयमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले  सपथ गराएका हुन् । 

गत जेठ ६ मा भएको वागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनमा बिजयी देवकोटाले आज सपथ लिएका  हुन् ।

बादल माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेपछि कारवाही स्वरूप राष्ट्रिय सभा सदस्यको एक पद रिक्त भएको थियो । कलम चिह्न लिएर चुनाव उठेका देवकोटालाई कांग्रेस, माओवादी र एमालेकै माधवकुमार नेपाल समूहले समर्थन गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट