भेरी अस्पतालमा भएको घटनाप्रति राष्ट्रपतिद्धारा खेद प्रकट-Sutra News

भेरी अस्पतालमा भएको घटनाप्रति राष्ट्रपतिद्धारा खेद प्रकट

शुक्रबार, १४ जेष्ठ २०७८

शुक्रबार, १४ जेष्ठ २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भेरी अस्पतालमा भएको घटनाप्रति खेद प्रकट गरेकी छन् ।



शुक्रबार दिउँसो सामाजिक सञ्जाल ट्वीटरमार्फत  राष्ट्रपति भण्डारीले भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको बताएकी हुन् ।

‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ,’ उनले लेखेकी छन्,’दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट