चीनले दिने भनेको १० लाख डोज खोप कहिले आउँछ ?-Sutra News

चीनले दिने भनेको १० लाख डोज खोप कहिले आउँछ ?

शुक्रबार, १४ जेष्ठ २०७८

शुक्रबार, १४ जेष्ठ २०७८

गत बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच भएको टेलिफोन वार्तामा सिले १० लाख डोज दिने घोषणा गरेसंगै चीनले दिने खोप कहिले आउला भन्नेतर्फ सबैको ध्यान गएको छ ।



चीन सरकारले नेपाललाई दिने भनिएको  कोरोनाविरुद्धको १० लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको विमान सोमबार बेइजिङ जाने भएको छ ।

निगमका अपरेसन विभाग प्रमुख दीपु जुवार्चनका अनुसार खोप लिन निगमको ए-३३० जहाज सोमबार बेइजिङ जाँदैछ ।

जहाज खोप लिएर मंगलवार स्वदेश फिर्ता हुनेछ ।

नेपालमा चीनमा कोरोनाविरुद्ध उत्पादित भेरोसेल खोप प्रयोगमा आइसकेको छ। चीनमा उत्पादित ‘भेरोसेल’ भ्याक्सिनको पहिलो डोज चैत २५ बाट लगाउन सुरु गरिएको थियो भने दोस्रो डोज पनि दिन सकिएको छ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट