प्राचीन आर्य संस्कृतिमा विवाह विभिन्न प्रकारका हुन्छन् । कूल ८ प्रकारका विवाहहरु मध्ये ब्रम्ह-विवाह लगायत ४ प्रकारका विवाहलाई उत्तम मानिन्छ । हिन्दु धर्ममा त्यस्ता ८ वटा विवाहको बारेमा जानकारीहरु उपलब्ध छन् । जसलाई हेर्न सबै देवी र देवता त उपस्थित भएका थिए नै साथै ती विवाहहरुका बारेमा पुराणहरुमा अति रोचक तरिकाले वर्णन गरेको पाइन्छ ।
शिव, सती र पार्वती
यो विवाहको चर्चा हरेक पुराणमा पाइन्छ । भगवान शंकरले सबैभन्दा पहिला सतीसँग विवाह गरेका थिए । यो विवाह अति नै कठिन परिस्थितिमा भएको थियो । सतीका पिता दक्ष प्रजापति यो विवाहको पक्षमा थिएनन् । वास्तवमा उनले भगवान विष्णुको छलका कारण नै आफ्नी छोरी सतीको विशे शंकरसँग गराउन बाध्य भएका थिए । राजा दक्ष प्रजापतिद्वारा भगवान शंकरको अपमान गरेकाले सतीले यज्ञमा हाम फालेर आत्मदाह गरेकी थिइन् ।
सतीको मृत्यु भएपछि शंकर अर्धपागल जस्तो भएर जतात्यतै हिँड्न थाले । सतीले हिमालय पर्वतकहाँ पार्वतीको रुपमा जन्म लिइन् । त्यो समयमा तारकासुरको आतंक मच्चिएको थियो । त्यसको वध केवल शिवका छोराले मात्र गर्न सक्ने वरदान तारकासुरले प्राप्त गरेका थिए । तर, भगवान शिव तपस्यामा लीन थिए ।
त्यस्तो अवस्थामा देवताहरुले भगवान शिवको विवाह पार्वतीसँग गर्नका लागि एउटा योजना बनाए । त्यहि समयमा कामदेवलाई शिवको तपस्या भंग गर्नका लागि पठाइयो । कामदेवले तपस्या त भंग गरिदिए तर छल गरेर उनको तपस्या भंग गरेकोले उनी स्वयम् भस्म भए । त्यो घटनाको केही समयपछि भगवान शिव र पार्वतीको विवाह भयो । त्यो विवाहमा भगवान शिव जन्ती लिएर पार्वती कहाँ पुगेका थिए । यो कथाको रोचक वर्णन पुराणहरुमा प्राप्त हुन्छ ।
विष्णु-लक्ष्मी विवाह
माता लक्ष्मी ऋषि भृगुकी पुत्री थिइन् । लक्ष्मीकी आमाको नाम ख्याती थियो । भृगु ऋषि राजा दक्षका भाइ थिए । एकपटक देवी लक्ष्मीका लागि स्वयम्वरको आयोजना भयो । देवी लक्ष्मीले मनमनै भगवान विष्णुलाई आफ्नो श्रीमान्को रुपमा स्वीकार गरिसकेकी थिइन् । तर, नारद मुनि पनि लक्ष्मीसँग विवाह गर्न चाहन्थे । यी राजकुमारीले हरि रुप पाएपछि मात्र वरण गर्छिन् भन्ने कुरा नारदले सोचे र भगवान विष्णु कहाँ गएर हरि जस्तै सुन्दर रुप मागे ।
भगवान विष्णुले नारदको चाहना अनुसार उनलाई हरिको रुप दिए । नारद हरि रुप लिएर जब राजकुमारीको स्वयंवरमा पुगे, उनलाई राजकुमारीले वरमाला लगाइदिन्छिन् भन्ने विश्वास थियो । तर, त्यस्तो भएन । राजकुमारीले नारदलाई छोडेर भगवान विष्णुको गलामा बरमाला लगाइदिइन् । नारद त्यहाँबाट निराश भएर फर्किए र बाटोमा एउटा जलाशयमा उनले आफ्नो अनुहार हेरे । आफ्नो अनुहार देखेर नारद हैरान भए । किनभने उनको अनुहार बाँदर जस्तै देखिएको थियो ।
हरिको एउटा अर्थ विष्णु हुन्छ भने अर्को अर्थ बाँदर हुन्छ । भगवान विष्णुले नारदलाई बाँदरको रुप दिएका थिए । भगवान विष्णुले उनीसँग छल गरेको कुरा नारदले बुझे । उनी भगवान विष्णुप्रति क्रोधित भए । नारद सोझै बैकुण्ठ पुगे र विष्णुलाई मनुष्यको रुपमा जन्म लिएर पृथ्वीमा जानु परोस् भनेर आवेशमा भगवानलाई श्राप दिए ।
जसरी मलाई स्त्रीको वियोग सहन पर्यो । त्यस्तैगरी तपाईंले पनि वियोग सहनु परोस् । त्यसैले राम र सतीको रुपमा जन्म लिएर विष्णु र देवी लक्ष्मीलाई वियोग सहनु परेको हो । यो कथाको प्रसँगमा भगवान गणेशलाई विष्णु र देवताहरुद्वारा अपमान गरेको पनि उल्लेख प्राप्त हुन्छ । जसमा जब विष्णुले जन्ति लिएर निस्के, तब बाटोमा भगवान गणेशले आफ्नो वाहन मुसालाई भनेर सबै बाटो खन्न लगाए । पछि गणेशलाई फकाए र उनको पूजा गरियो तब मात्र जन्ती अगाडि बढ्न सक्यो ।
राम-सीताको विवाह
श्रीराम र सीताको विवाह महादेव र माता पार्वतीको विवाहपछिको सबैभन्दा प्रसिद्ध विवाह मानिन्छ । यो विवाहको एउटा अर्को विशेषता पनि छ । त्यो हो विवाहमा त्रिदेवहरु सहित सबै देवता कुनै न कुनै रुपमा उपस्थित थिए ।
श्रीरामसहित बम्ह्रार्षि वशिष्ठ एवं राजषिर् विश्वामित्रलाई पनि त्यसको ज्ञान थियो । भनिन्छ, त्यो विवाह हेर्नका लागि ब्रह्मा, विष्णु एवं रुद्र ब्रँम्हाणहरुको भेषमा आएका थिए । राजा जनकको सभामा शिवजीको धनुष तोडेपछि श्रीरामको विवाह हुन तय भएको थियो । चारै भाइहरुमध्ये श्रीरामको विवाह सबैभन्दा पहिला भयो । उक्त विवाहको रोचक वर्णन वाल्मीकि रामायणमा पनि पढ्न पाइन्छ ।
रुक्मिणी र कृष्णको विवाह
रुक्मिणीको विवाह पनि निकै रोचत परिस्थितिहरुमा भएको थियो । भगवान श्रीकृष्णले सबैभन्दा पहिला रुक्मिणीसँग विवाह गरेका थिए । श्रीमद्भागवत गीतमा उक्त विवाहको वर्णन रोचक तरिकाले गरिएको छ । भागवत कथा वाचन गर्ने समारोहहरु जहाँ-जहाँ आयोजना गरिन्छ, त्यहाँ-त्यहाँ उक्त विवाहलाई नाटकीय रुपले प्रस्तुत गरिन्छ । भगवान श्रीकृष्ण तथा रुक्मिणीको विवाह प्रसँग श्रीमद्भागवत महापुराणामा श्रीशुकदेवजी राजा परिक्षितले सुनाएका छन् ।
गणेशजीको विवाह
भगवान शिवका पुत्र गणेशजीको विवाह प्रजापति विश्वकर्माकी छोरी ऋद्धि तथा सिद्धी नाम गरेका दुई कन्यासँग भएको थियो । सिद्धिबाट क्षेम तथा ऋषिबाट लाभ नाम गरेका दुई पुत्र समेत जन्मिएका थिए । लोक परम्परामा उनीहरुलाई नै शुभ-लाभ भन्ने गरिन्छ । गणेशजीको विवाह पनि निकै रोचक परिस्थितमा भएको थियो । वास्तवमा उनीहरुको त विवाह नै नहुने भइसकेको थियो । उक्त विवाहको चर्चा पनि सबै पुराणहरुमा रोचक गरिकाले गरिएको पाइन्छ ।
तुलसी विवाह
काहीँ-काहीँ के कुरा प्रचलित छ भने बृन्दाले एउटा श्राप दिएकी थिइन्-‘तिमीले मेरो सतित्व भंग गरेका हौं । त्यसकारण तिमी पत्थर बन्ने छौं ।’ त्यसपछि विष्णुले भनेका थिए-‘हे बृन्दा, तिमी मलाई लक्ष्मीभन्दा पनि बढी पि्रय छौ । यो तिम्रो सतित्वकोकै फल हो, तिमी तुलसी बनेर मेरैपास रहने छौ । जो मनुष्यले तिमीसँग मेरो विवाह गरिदिन्छ, उसलाई परमधाम प्राप्त हुनेछ ।’
यसैकारण तुलसी बिना शालिग्राम अथवा विष्णु-शिलाको पूजा अधुरो मानिन्छ । उक्त पुण्यको प्राप्तिका लागि आज पनि तुलसी विवाह निकै धुमधामका साथ गरिन्छ । तुलसीलाई कन्या मानेर व्रत बस्ने व्यक्तिले यथाविधिले भगवान विष्णुलाई कन्यादान गरेपछि मात्र तुलसी विवाह सम्पन्न हुन्छ । त्यसैले तुलसी पूजा गर्नुको पनि ठूलो नै महात्म्य छ ।