मलाई नेकपाको अध्यक्षबाट हटाउन नखोजेको भए महाधिवेशनबाट नेतृत्व हस्तान्तरण भइसक्थ्यो – ओली-Sutra News

मलाई नेकपाको अध्यक्षबाट हटाउन नखोजेको भए महाधिवेशनबाट नेतृत्व हस्तान्तरण भइसक्थ्यो – ओली

शुक्रबार, १४ जेष्ठ २०७८

शुक्रबार, १४ जेष्ठ २०७८

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको एकता जोगाउन आफूले अथक प्रयास गरेको दाबी गरेका छन् । शुक्रवार देशका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



‘पार्टी एकताको रक्षाका लागि हाम्रो तर्फबाट गरिएका अथक प्रयास सार्वजनिक नै छन्,’ सम्बोधनका क्रममा उनले भने,’ नेकपाको एकता कायम गर्न अन्तिम समयसम्म प्रयास गरिएकै हो ।’

ओलीले आफू नेकपाको निर्वाचित अध्यक्ष भएको दाबी गरेका छन् । ‘अस्थीरता सिर्जनाका लागि स्वार्थकेन्द्रित गठबन्धन नबनेको भए, मलाई अध्यक्षबाट हटाउने दुराशय नराखेको भए यतिन्जेल महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण भैसक्थ्यो,’ उनले भने ।

ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको दोहोर्याएका छन् । ‘निर्वाचन निष्पक्ष र स्वच्छ हुने कुरामा मैले ध्यान दिएको छु,’ उनले भने, ‘मनमा कुनै आशंका छन् भने फेरि भन्न चाहन्छु, आउनुस् निर्वाचनका लागि छलफल गरेर अघि बढौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट