

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जानु प्रतिगमन नभएको बताएका छन ।
शुक्रवार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जानु लोकतन्त्रको विधि र पद्धतिको पक्षमा भएको बताएका हुन् ।
‘ताजा जनादेशमा जानु प्रतिगमन होइन,’ उनले भने, ‘निर्वाचनमा जान नखोज्नु सार्वभौमसत्ता अस्विकार गर्नु हो।’
त्यस्तै उनले प्रतिनिधिसभाले देशलाई राजनीतिक स्थायित्व दिन नसक्ने पक्का भएकोले आफुले संसद विघटन गर्नुपरेको उल्लेख गरेका छन् ।