मेरा लागि सत्तामा रहनु या नरहनु प्रमुख कुरा होइन – ओली-Sutra News

मेरा लागि सत्तामा रहनु या नरहनु प्रमुख कुरा होइन – ओली

शुक्रबार, १४ जेष्ठ २०७८

शुक्रबार, १४ जेष्ठ २०७८

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू सत्तामा रहनु या नरहनु प्रमुख कुरा नभएको बताएका छन् । शुक्रवार देशको नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।



‘मेरा लागि सत्तामा रहनु र नरहनु प्रमुख कुरा होइन,’ ओलीले सम्बोधनका क्रममा भने, ‘म पंचायतकालमा १४ वर्ष जेल बसेको व्यक्ति हुँ । प्रजातन्त्र आइसकेपछि पनि लामो समय प्रतिपक्षमा रहेर राजनीति गरेको हुँ ।’

उनले बहुदलीय प्रणालीमा देखा परेको निर्दलीय चरित्र ख्याल ठट्टा नभएकोसमेत बताए । ‘बहुदलीय प्रणालीमा देखा परेको निर्दलीय चरित्र ख्याल ठट्टा होइन,’ उनले भने, ‘मैले आफ्नो र आफ्ना दलका लागि सबै विषय भनिसकेको छैन ।’

उनले आफ्ना लागि सत्ता साधन मात्र रहेको साध्य नरहेकोसमेत दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट