काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा चार सय ३० कैदीहरुको सजय कट्टा गरि माफी दिएकी छिन् ।
सरकारको सिफारिसमा उनीहरुलाई माफी दिएएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
विशेष अवसरमा राष्ट्रपतिले कैदीबन्दीहरुलाई माफ दिने गरेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सेटिङ’ मा प्रतिनिधिसभा विघटन गरेको भन्दै राष्ट्रपति भण्डारीको आलोचना भइरहेको छ ।
भण्डारीलाई विपक्षी दलहरूले प्रधानमन्त्री ओलीको मतियार बनेको समेत आरोप लगाएका छन् ।