नेता शंकर भण्डारीले दिए एक ट्रक अक्सिजन सिलिण्डर-Sutra News

नेता शंकर भण्डारीले दिए एक ट्रक अक्सिजन सिलिण्डर

शुक्रबार, १४ जेष्ठ २०७८

शुक्रबार, १४ जेष्ठ २०७८

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तनहुँ जिल्लामा कोरोना सङ्क्रमितका उपचारमा अक्सिजनको अभाव हुन नदिन १७ अक्सिजन सिलिण्डर प्रदान गरेका छन् ।



उनले जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ती सिलिण्डर हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरित सिलिण्डर मध्ये आज नै जिपी कोइराला श्वास प्रश्वास तथा उपचार केन्द्रका प्रमुख डा.रामकुमार श्रेष्ठलाई दश र दमौली अस्पतालका प्रमुख डा.सुनिल पौड्याललाई सात थान दिइएको छ ।

पूर्वमन्त्री समेत रहेका भण्डारीले केही दिन अघि जिल्लाका अस्पताल र आइसोलेशन कक्षमा स्वास्थ्य सामाग्री हस्तान्तरणका नेका तनहुँलाई रु १ लाख १ हजार १११ उपलब्ध गराएका थिए ।

कांग्रेसका कार्यवाहक सभापति जितप्रकाश आलेले केही दिन भित्र स्वास्थ्य सस्थालाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट