दाँत कमजोर भए दही खानुहोस्, अरू पनि फाइदा छन्-Sutra News

दाँत कमजोर भए दही खानुहोस्, अरू पनि फाइदा छन्

शुक्रबार, १४ जेष्ठ २०७८

शुक्रबार, १४ जेष्ठ २०७८

काठमाडौं- दहीको प्रयोग प्रायः सबै घरमा हुन्छ । तर धेरै जना दहीका फाइदाबारे अनविज्ञ रहेको पाइन्छ । दहीमा धेरै प्रकारका पौष्टिक तत्व पाइन्छन् जसले शरीरलाई फाइदा पुग्छ । दहीमा क्याल्सियम, प्रोटिन, भिटामिन, आइरन, फस्फोरस पाइन्छ । दुधको दाँजोमा दहीले स्वास्थ्यलाई फाइदा गर्छ ।



दहीका फाइदा

-दहीमा पर्याप्त मात्रामा क्याल्सियम पाइन्छ । यसले हड्हीलाई बलियो बनाउँछ । दहीले दाँतलाई पनि बलियो बनाउँछ । दहीले ओस्टियोपोरोसिस (जोर्नीको दुखाइ) जस्तो रोगसँग लड्न मद्दत गर्छ ।

-दहीले पेटलाई पनि फाइदा गर्छ । दहीमा ज्वानाे मिसाएर खाँदा कब्जियतको समस्याबाट छुटकरा पाइन्छ ।

-उकालो चढ्दा हुने (लु ) बाट जोगिन दहीको प्रगोग गर्न सकिन्छ । लु लागेको समय दही खानुपर्छ ।

-दहीले पाचन शक्तिलाई बढाउनुका साथै भोक पनि लगाउँछ ।

-रुघाखोकीको कारणले श्वासनलीमा संक्रमण हुन्छ । यस संक्रमणबाट बच्न दहीको प्रयोग गर्न सकिन्छ ।

-अनुहारको छालालाई चम्किलो बनाउन दहीको प्रयोग गर्नु उत्तम हुन्छ । दहीले अनुहारमा मसाज गर्दा ब्लीचको काम गर्छ ।

-दहीको प्रयोग हामीले कपालमा पनि गर्न सक्छौं । यसले बजारमा बनेका विभिन्न हेयर कन्डिसनरको भन्दा राम्रो काम गर्छ ।

-दहीको नियमित सेवनले कोलेस्ट्रोललाई कम गर्छ ।

-छालामा हुने सुख्खापन हटाउनका लागि पनि दही उपयुक्त हुन्छ । जैतुन (ओलिभ आयल) को तेलमा कागतीको रस र दहीलाई मिसाएर अनुहारमा लगाउँदा सुख्खापनबाट छुटकारा पाइन्छ ।

-गर्मीयाममा दही र दहीबाट बनेको महीको धेरै प्रयोग हुन्छ । मही र लस्सिले पेटको गर्मीलाई निर्मूल गर्छ । दहीको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट