काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अदालतबाट संसद पुनर्स्थापना भए फेरि पनि केपी ओली नै प्रधानमन्त्री हुने भन्दै निर्वाचनको विकल्प नरहेको दोहोर्याएका छन् ।
थापाले चुनाव छाडेर अदालत जानेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा रहेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरबाट शुक्रबार थापाले संसदीय गणितले ओलीलाई नै पुनर्स्थापना भए पनि प्रधानमन्त्री बनाउने दावी गरेका छन् ।
थापाले भनेका छन्, ‘ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन् ।
चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुनर्स्थापना भएमा पुनस्ओली नै प्रम हुन्छन् । यो भविष्यवाणी होईन,संसदीय गणितले त्यहि भन्छ ।’
चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा @PM_Nepal को पक्ष लियो भन्छन।तर,ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन्।चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ,संसद पुनर्स्थापना भएमा पुन:ओली नै प्रम हुन्छन्।यो भविष्यवाणी होईन,संसदीय गणितले त्यहि भन्छ
— Kamal Thapa (@KTnepal) May 28, 2021