सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीद्वारा सरकार पुनर्गठन, आठ नयाँ मन्त्री-Sutra News

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीद्वारा सरकार पुनर्गठन, आठ नयाँ मन्त्री

शुक्रबार, १४ जेष्ठ २०७८

शुक्रबार, १४ जेष्ठ २०७८

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका छन् । मुख्यमन्त्री भट्टले ४ मन्त्री र ४ राज्यमन्त्री थप गरेका हुन् ।



पुनर्गठित मन्त्रीमण्डलमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी र उद्योग वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी र आर्थिक मामिलाको जिम्मेवारी प्रकाश शाहलाई दिएको छ ।

यसैगरी राज्य मन्त्रीमा चुनकुमारी चौधरी भौतिक पूर्वाधार, मनाकुमारी साउद सामाजिक विकास, अर्चना गहतराज आर्थिक मामिला र मानबहादुर सुनार भूमी व्यवस्था कृषि तथा सहकारी छन् ।

एमालेका तर्फबाट प्रकाश शाह, दिर्घ सोडारी, लालबहादुर धामी, पूर्णा जोशी, चुनकुमारी चौधरी, अर्चना गहतराज र मना कुमारी साउद छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट