काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थाबारे पुनर्विचार गर्न आग्रह गरेका छ ।
गणतन्त्र दिवसका दिन बिहानै सामाजिक सञ्जालमार्फत थापाले यस्तो आग्रह गरेका हुन् ।
‘१३ वर्ष अघि आजकै दिन नेपाली राष्ट्रियता र एकताको प्रतीक राजसंस्थालाई पाखा लगाई गणतन्त्र घोषणा गरिएको थियो’ थापाको ट्विटमा भनेका छन्, ‘राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन् । बरू भ्रष्टाचार, धर्म परिवर्तन, सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ । त्यसर्थ, राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनाबारे पुनर्विचार गरौँ ।’
जेठ १५गते-
१३बर्षअघि राष्ट्रियता/एकताको प्रतिक राजसंस्था पाखालगाई गणतन्त्र घोषणा गरिएको थियो।राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन्।बरू भ्रष्टाचार,धर्मपरिवर्तन,सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ।राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गरौँ— Kamal Thapa (@KTnepal) May 29, 2021