मिर्गौला पीडितलाई १६ लाख सहयोग-Sutra News

मिर्गौला पीडितलाई १६ लाख सहयोग

शनिबार, १५ जेष्ठ २०७८

शनिबार, १५ जेष्ठ २०७८

काठमाडौं- तनहुँ व्यास नगरपालिका-१ हाइस्कुलटारको नवयुवा क्लवले सोही वडा निवासी मिर्गौला पीडित आशमाया तामाङ्लाई आर्थिक सहयोग गरेको छ ।



क्लवका अध्यक्ष सनम तामाङ् र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेमार्फत शुक्रबार आशमायालाई रु. १६ लाख १५ हजार सहयोग गरिएको हो ।

क्लबले टोल विकास संस्था, आमा समूह, महिला सञ्जाल, विभिन्न संस्था, विदेशमा रहेका शुभचिन्तकबाट सो आर्थिक सङ्कलन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट