भोकको समस्या टार्न ‘फुड बैंक’-Sutra News

भोकको समस्या टार्न ‘फुड बैंक’

शनिबार, १५ जेष्ठ २०७८

शनिबार, १५ जेष्ठ २०७८

कोरोना कहरका कारण रोगसँगसँगै भोकले कसैले ज्यान गुमाउनु नपरोस् भन्ने सोचका साथ कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापुरका युवाले ‘फुड बैङ्क’ स्थापना गरेका छन् ।



 कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि जारी निषेधाज्ञा पनि बढ्दै गएका कारण केही नहुनेलाई परेको समस्या समाधानका लागि युवाको पहलमा ‘फुड बैङ्क’ स्थापना गरिएको हो ।

 महामारीको समयमा मानिसलाई खानैका लागि समस्या नहोस् भनेर स्थानीयस्तरमा समस्यामा रहेका विपन्न परिवारलाई सहयोग पुग्ने उद्देश्यले ‘फुड बैङ्क’ स्थापना गरिएको युवा घनश्याम बमले जानकारी दिए । अहिले ‘फुड बैङ्क’मा चामल, दाल, गेडागुडी, नुन, तेल, बेसारलगायत खाद्य सामग्री राखिएको उनले बताए । 

दैनिक उपभोग्य सामग्रीको तालिका बनाएर ‘फुड बैङ्क’मार्फत विपन्न परिवारलाई वितरण गर्ने बताइएको छ । फुड बैङ्कमा सहयोग उपलब्ध हुने क्रम जारी रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट