डिजेल-पेट्रोलबाट चल्ने गाडीलाई ‘इलेक्ट्रिक’ बनाए ५ वर्ष कर छुट दिने सरकारको घोषणा-Sutra News

डिजेल-पेट्रोलबाट चल्ने गाडीलाई ‘इलेक्ट्रिक’ बनाए ५ वर्ष कर छुट दिने सरकारको घोषणा

शनिबार, १५ जेष्ठ २०७८

शनिबार, १५ जेष्ठ २०७८

सरकारले डिजेल-पेट्रोलबाट चल्ने गाडीलाई ‘इलेक्ट्रिक’ बनाए ५ वर्ष कर छुट सरकारले डिजेल र पेट्रोलबाट चल्ने गाडीलाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गरेदेखि ५ वर्षसम्मको कर छुट दिने भएको छ ।



अर्थमन्त्री विष्णु पौडेलले शनिवार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

‘हलुका सवारी साधनलाई २०८८ सम्म विद्युतीय सवारीले विस्थापन गरिनेछ,’ पौडेलले भने, ‘त्यसका लागि विज्ञसहितको कार्यदल गठन गरिनेछ ।’

 पेट्रोलियमबाट चल्ने सवारीलाई विद्युतीयमा रुपान्तरण गरेमा ५ वर्षसम्म कर नलाग्ने व्यवस्था गरिएको पनि उनले बताए ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट