सरकारले चितवनको अयोध्यापुरीमा राममन्दिर बनाउन बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै चितवनको अयोध्यापुरीमा राममन्दिर बनाउन बजेट विनियोजन गरेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि चितवनमा राममन्दिर बनाउने घोषणा गरेका थिए । त्यही घोषणालाई कार्यान्वयन गर्न सरकारले बजेट विनियोजन गरेको हो ।