सरकारले रेलमार्गका लागि १० अर्ब ३ करोड विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ का लागि बजेट वक्तव्य दिंदै अर्थमन्त्री विष्णु पौडेलले रेलमार्गका लागि १० अर्ब ३ करोड विनियोजन गरेको बताए ।
जनकपुर-जयनगर, बर्दिबास स्टेसन र रक्सौल-काठमाडौँ रेल निर्माणका लागि सो रकम विनियोजन गरेको हो ।
पौडेलले काठमाडौँमा मेट्रो रेल सम्भाव्यता अध्ययनसमेत गरिने बताए ।