सरकारी कर्मचारीको तलबमा २ हजारले वृद्धि-Sutra News

सरकारी कर्मचारीको तलबमा २ हजारले वृद्धि

शनिबार, १५ जेष्ठ २०७८

शनिबार, १५ जेष्ठ २०७८

सरकारले सरकारी कर्मचारीहरूको तलब २ हजारले बढाएको छ ।



आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।

‘कोरोना महामारीका कारण अपेक्षित तलबमान वृद्ध गर्न सकिएन तर राष्ट्रसेवक कर्मचारीको तलबमा २ हजार वृद्धि गरेको छु,’ पौडेलले भने ।

उनले कर्मचारीको दश लाखको सामूहिक दुर्घटना बीमा सरकारले बेहोर्नेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट