

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा ६ दशमलव ५ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।
शनिवार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक वृद्धि ६ दशमलव ५ प्रतिशत हाराहारीमा हुने अनुमान गरिएको बताए ।
कोभिड १९ का कारण अर्थतन्त्र थलिएको भएपनि सरकारले उल्लेख्य आर्थिक वृद्धिदर हुने अनुमान गरेको हो ।