बजेटबारे एमालेकै नेताको प्रतिक्रिया – ऋण लिएर घिउ खानु ठीक होइन-Sutra News

बजेटबारे एमालेकै नेताको प्रतिक्रिया – ऋण लिएर घिउ खानु ठीक होइन

शनिबार, १५ जेष्ठ २०७८

शनिबार, १५ जेष्ठ २०७८

पूर्व अर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले बजेटबारे राजश्व नबढ्नु तर ऋण बढ्नुले अर्थतन्त्रमा चाप पर्ने प्रतिक्रिया दिएका छन् ।



आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरिएको बजेटमाथि टिप्पणी गर्दै उनले राजश्व उही रहने तर आन्तरिक र बाह्य ऋण बढ्ने अवस्थाले अर्थतन्त्रलाई फाइदा नगर्ने टिप्पणी गरेका हुन् ।

सूत्रन्यूजसँग कुरा गर्दै पाण्डेले भने – ‘नेपालको राजश्व तीन वर्षदेखि १० खर्बको हाराहारीमा उठेको देखिन्छ तर बजेट भने हरेक वर्ष बढ्छ । बजेटलाई आन्तरिक र बाह्य ऋणको प्रभावमा बढाउने हो भने अर्थतन्त्रमा चाप परिहाल्छ नि । यसका धेरै नकारात्मक साइड इफेक्ट हुन्छन् ।’

उनले ऋण लिएर घिउ खाने प्रचलन ठीक नभएको बताए ।

उनले अहिले ल्याइएको बजेटमा शिक्षा र स्वास्थ्यलाई बढी प्राथमिकता दिइनु राम्रो रहेको बताए । तर कार्यान्वयनमा भने शंका रहेको उनको टिप्पणी छ ।

‘शिक्षा र स्वास्थ्यमा ध्यान दिनु राम्रो कुरा हो,’ उनले भने, ‘स्वास्थ्यमा सबै फोकस कोरोनाको खोपतिर दिनुपर्थ्यो । खोप दिएर नागरिकलाई आर्थिक क्रियाकलापमा सहभागी हुन पठाउन सकिन्थ्यो । तर स्वास्थ्यमा आएको बजेट पनि छिरलिएको अवस्था छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट